बालकोटमा ढल खन्दा दुई मजदुर पुरिए, एक जनाको मृत्यु (भिडिओ) – Nepal Press

बालकोटमा ढल खन्दा दुई मजदुर पुरिए, एक जनाको मृत्यु (भिडिओ)

काठमाडौं । भक्तपुरको बालकोटमा ढल खन्ने क्रममा दुईजना मजदुर पुरिएका छन् ।

सूर्यविनायक नपा-२ बालकोट रागिनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको २० मिटर भित्रको बस्तीमा नयाँ ढलको विस्तार भइरहँदा ढिस्कोले दुईजना पुरिएका थिए ।

उपचारका क्रममा सुनसरीको गढी गाउँपालिका-२ स्थायी घर भई बालकोट बस्दै आएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको हो। सोही ठेगाना भएका ३० वर्षीय सियाराम सदाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *