मुलुकमा विदेशी हस्तक्षेप बढेको छ : मुख्यमन्त्री गिरी – Nepal Press

मुलुकमा विदेशी हस्तक्षेप बढेको छ : मुख्यमन्त्री गिरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले मुलुकमा विदेशी हस्तक्षेप बढेको बताएका छन् ।

शनिवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औँ साधारण सभामा बोल्दै गिरीले वामपन्थी दलहरू विभाजित हुँदा राष्ट्रियता कमजोर भएको बताउँदै केही दलहरू वामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थमा लागेको आरोप लगाए ।

उनले देशमा राजनीतिक अस्थिरताका कारण जनताका समस्याहरू समाधान नहुँदा संघीयताको नै औचित्य छैन भन्ने आवाज उठ्न थालेको धारणा राखे ।

मुख्यमन्त्री गिरीले नेकपा एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत उचित प्रचार नभएको गुनासो गर्दै मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्नेमा जोड दिए ।

गिरीले देशको राष्ट्रियता गुम्ने खतरा रहेको बताउँदै पत्रकारहरूलाई अस्थिरताबाट फाइदा लिने शक्तिका विरुद्ध पनि कलम चलाउन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर