राप्रपा मकवानपुरका उपाध्यक्ष र सचिवद्वारा पार्टी परित्याग – Nepal Press

राप्रपा मकवानपुरका उपाध्यक्ष र सचिवद्वारा पार्टी परित्याग

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला उपाध्यक्ष र सचिवले पार्टी परित्यागको घोषणा गरेका छन् ।

राप्रपामा अवसरवादको हाबी भएको भन्दै जिल्ला उपाध्यक्ष शंकरसिंह ठकुरी तथा सचिव विजयसिंह ठकुरीले पार्टी परित्यागको घोषणा गरेका हुन ।

दुबैजनाले पार्टीको साधारण सदस्य समेत नरहनेगर पार्टी परित्यागको घोषणा गरेका हुन् ।

राप्रपामा रहेर समाजको हित नहुने र पवित्र उद्देश्यहरू पुरा नहुने भएपछि पार्टी परित्यागको निर्णय लिएको उपाध्यक्ष ठकुरीले नेपाल प्रेसलाई बताए ।

पार्टीमा चरम अवसरवाद मौलाएको र यो विषयले समाजको हित नहुने देखेपछि पार्टीबाट अलग भएको उनको भनाई रहेको छ ।

पार्टी परित्यागबारे सामाजिक सञ्जाल मार्फत स्टाटस पोष्ट गर्दै सचिव विजयसिंहले ‘के पाए, के गुमाए, समयले देखाउला’ भन्दै अब स्वतन्त्र देशभक्त नागरिकको हैसियतले रहने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर