काठमाडौं महानगरलाई अब अनलाइनबाटै कर तिर्न सकिने, यस्तो छ प्रक्रिया – Nepal Press

काठमाडौं महानगरलाई अब अनलाइनबाटै कर तिर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइनबाट कर तिर्ने व्यवस्था गरेको छ ।

महानगरलाई कर तिर्न काठमाडौं डट जीओभी डट एनपी (kathmandu.gov.np) वा इसर्भिस काठमाडौं डट जीओभी डट एनपी (eservice.kathmandu.gov.np)मा लगइन हुनुपर्ने छ ।

त्यसपछि अनलाइन कर भुक्तानीमा क्लिक गर्ने र प्रयोगकर्ता बक्समा गएर ट्याक्स पेयर आइडी राख्नुपर्ने महानगरले जनाएको छ ।

आफ्नो पासवर्ड राखेर करदातामा क्लिक गर्ने त्यसपछि भुक्तानीमा क्लिक गरेर आफ्नो कुन सेवा वा क्षेत्रको कर तिर्न त्यसलाई छनौट गरी दाखिला गर्नुपर्ने छ ।

महानगरले आफ्नो आइडी नपाएका वा विर्षेकाहरुलाई आवश्यक कागजात र विवरणसहित सम्बन्धित वडामा सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *