सहकारीलाई पनि मर्जरमा लैजानु पर्छ : अध्यक्ष थापा – Nepal Press

सहकारीलाई पनि मर्जरमा लैजानु पर्छ : अध्यक्ष थापा

काठमाडौं । ३० हजार सहकारीलाई ५ हजारमा झार्नुपर्ने काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापले बताएका छन् । आज नेपाल सहकारी पत्रकार समाज र काठमाडौं महानगरपालीका सहकारी विभागको सहकार्यमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै थापाले भने, ‘अहिले सबैको आन्दोलन नै छ । मिटरब्याजी, सहकारी, व्यवसायी, उद्योगी तथा वाणिज्यका सबैले आन्दोलन गरिरहेका छन् । अर्थतन्त्रमा १० प्रतिशतको ब्याजदर बृद्धि हुनु भनेको अर्थतनत्रमा भुइँचालो आएसरह हो । सहकारी जतिलाई खोल्ने अनुमति दियो त्यसलाई सञ्चलन गर्न सकिन्छ कि सकिन्न भनेर सोच्न पर्दथ्यो । बैंकहरुलाई समस्या परे राष्ट्र बैंक छ र तर सहकारलिाई समस्या परे कसले हेर्ने ? भन्नलाई त सहकारी अर्थतन्त्रको एक खम्मबा हो । तर खोई राष्ट्र बैकं सहकारी महासंघले पनि हेर्न सक्ने अवस्था छैन ।’

जसरी भएपनि सहकारीहरु एकीकरणमा लानुपर्छ । हाल ३० हजारभन्दा धेरै सहकारी छन् । यसलाई घटाएर ५ हजारको हाराहारीमा झानुपर्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *