निन्द्रा नलाग्ने गरी बिग्रिएको अर्थतन्त्र बल्ल सुधार भयो, यसलाई संरक्षण गर्नुपर्छ : गभर्नर अधिकारी – Nepal Press

निन्द्रा नलाग्ने गरी बिग्रिएको अर्थतन्त्र बल्ल सुधार भयो, यसलाई संरक्षण गर्नुपर्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले निन्द्रै नलाग्ने अवस्थामा पुगेको अर्थतन्त्रमा सुधार हुँदै गएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग कुरा गर्दै गभर्नर अधिकारीले गत वर्ष निन्द्रा नलाग्ने गरि बिग्रिएको अर्थतन्त्र सुधार भएको बताए ।

गर्भनर अधिकारीले भने, ‘अब सुध्रिएको अर्थतन्त्रले भोलिलाई आधारशिला खडा गरेको छ । हामीले चाहिने बेलामा औषधि, खाद्यान्न, निर्माण समाग्री लगायत किन्न सक्ने अवस्थामा पुगेका छौं । अब यो सुधारको संरक्षण गर्नुपर्छ ।’

यद्यपी, तथ्यांकको अंकहरु सुधारिए पनि जनस्तरबाटै अनुभव हुने गरी भने सुधारिन नसकेको उनले स्वीकारे । उनले भने, ‘भरिएर पोखिन थालेको अवस्थामा अनुभव हुने हो । तर हामी भरिएकै अवस्थामा भने छैनौ ।’

उनले नेपालको बैंकलाई सानो तिनो धक्काले पनि कुनै असर नगर्ने बताएका छन् । चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकले पनि अधिकांश सूचकमा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको फागुनसम्मको आर्थिक स्थितिले महंगी ७.४४ प्रतिशतमा झरेको देखाएको छ । असारसम्म सात प्रतिशतभित्र महंगी नियन्त्रणमा राख्ने केन्द्रीय बैंकको लक्ष्य छ ।

विप्रेषण(रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ । विदेशी विनिमय सञ्चिती फागुन मसान्तमा.१४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । यसले करिब १० महिनाको आयात धान्न सक्ने केन्द्रीय बैंकले भनेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *