सांसद श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै – Nepal Press

सांसद श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्न रास्वपा अनुशासन आयोगको बैठक बस्दै

काठमाडौं । पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अनुशासन आयोगको बैठक डाँकेको छ ।

बैठक पार्टी कार्यालय बसुन्धारामा बिहान ११ बजे बस्ने भएको हो । सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छलफल हुनेछ ।

सांसद श्रेष्ठले सोमवार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने ? त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर