सरकारलाई सभामुखको रुलिङ- संसदमा उठेका जनसरोकारको विषयमा जवाफ दिनू – Nepal Press

सरकारलाई सभामुखको रुलिङ- संसदमा उठेका जनसरोकारको विषयमा जवाफ दिनू

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारलाई संसदमा उठेको विषयमा जवाफ दिन रुलिङ गरेका छन् । सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको जनसरोकारका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

उनले सरकारलाई रुलिङ गर्दै भने, ‘विगतका बैठकहरुदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा पनि माननीय सदस्यहरुले जनसरोकारका विविध विषयहरुमा कुरा उठाइरहनुभएको छ । म प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । म अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देश गर्दछु ।’

बैठकमा सांसदहरुले उठाएको एजेण्डाको विषयलाई सरकारले नसुनेको भन्दै पटक पटक आवाज उठ्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर