रास्वपा सांसदको अडिओबारे संसदीय समिति बनाएर छानबिन गर्न कांग्रेसको माग – Nepal Press

रास्वपा सांसदको अडिओबारे संसदीय समिति बनाएर छानबिन गर्न कांग्रेसको माग

घनराज गुरुङ भन्छज्- कोर टीम भनिएको छ, त्यसको पनि छानबिन गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्न माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङले संलग्न सबैलाई कारबाही गर्न माग गरे ।

उनले भने, ‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ? त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनुपर्छ त्यो कोर टिम भनेको को हो? त्यसको छानविन गर्नु पर्दैन ?’

उनले संसद बैठकबाट एउटा संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न माग गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर