एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल – Nepal Press

एमाले निकट महिला संगठनको अध्यक्षमा टुका हमाल

काठमाडौं । टुका हमालको नेतृत्वमा नेकपा एमालेनिकट महिला भ्रातृ संगठन अखिल नेपाल महिला संघको नयाँ कार्यसमिति चयन भएका छ ।

गत चैत २५ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको सो सम्मेलनबाट उपाध्यक्षमा  शर्मिला कार्की, मेनुका काफ्ले, सुमित्रा बिसी, मेनका पोखरेल, रूकमणी राना र विमला राई पौडेल चयन भएका छन् । विमला राई निवर्तमान परराष्ट्र मन्त्रीसमेत हुन ।

महासचिवमा भने पेम्बा लामा र उपमहासचिवमा शान्ति अधिकारी नयाँ कार्यसमितिमा आएका छन् ।

यसैगरी ७ वटै प्रदेशको प्रतिनिधित्व हुने गरी सचिवहरूमा विणा राई, नरदेवी पुन, बीना ज्ञवाली, मीना रखाल, बीना साह, आशा बिक र शारदा कुमाल कार्यसमितिको नयाँ नेतृत्वमा आएका छन् भने कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन  भएको सुजिता शाक्यले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर