ट्रिपर चढेर हर्क साम्पाङले भने- धरान पहिले जस्तो लुते नगर रहनेछैन – Nepal Press

ट्रिपर चढेर हर्क साम्पाङले भने- धरान पहिले जस्तो लुते नगर रहनेछैन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब धरान पहिलेको जस्तो लुते नगर नरहने दाबी गरेका छन् ।

उपमहानगरले किनेका एक जोर ट्रिपर सामाजिक सञ्जालमा राख्दै साम्पाङले यस्तो बताएका हुन् । उपमहानगरले आजै किनेको नयाँ ट्रिपर चढ्दै मेयर साम्पाङले लेखेका छन्, ‘धरान उपमहानगरपालिका सेवा सुविधा सम्पन्न बन्नु पर्छ भन्ना खातिर एक जोर टृपर किनियो आज २०७९-१२-२६, अब पहिले जस्तो लुते नगर रहनेछैन हाम्रो नगर ! जय धरान !’

नगरको विकासमा समुदाय आफैं लाग्नुपर्ने अवधारणालाई व्यवहारिक रुपमा प्रयास गर्दै आएका साम्पाङले धरानमा ढुंगा, गिटी जस्ता खानीजन्य सामग्रीहरु पनि नगर आफैंले उत्खनन गर्नुपर्ने बताउँदै आएका छन् ।

त्यति मात्र होइन वृक्षारोपण तथा धरान बजारमा पानी ल्याउन पनि श्रमदान तथा समुदायको प्रत्यक्ष संलग्न हुनुपर्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर