नेपाल पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक – Nepal Press

नेपाल पेको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

काठमाडौं । अब ग्राहकहरूले नेपाल पेको क्यूआरबाट स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० सम्मको क्यासब्याक पाइने भएको छ । उक्त अफर नेपाल भरी रहेका नेपाल पेको क्यूआरका सम्पूर्ण मर्चेन्टहरूमा चैत २६ गते देखि २०८० वैशाख २ गतेसम्म उपलब्ध हुनेछ ।

डिपार्ट्मेन्ट स्टोरमा, इ-कमर्श पोर्टलमा क्यूआर गेटवे तथा पीओएसमा उपलब्ध रहेको नेपाल पेको क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्टआईपीएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन् । नयाँ वर्ष २०८० मा नेपालभरका २ लाख ३५ हजारभन्दा बढी नेपाल पेको क्यूआर मर्चेन्टहरूमा लागू भएको छ ।

हाल नेपाल पेको क्यूआरको सुविधा अधिकांश बैंक, वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरूमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *