नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने – Nepal Press

नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने

विराटनगर । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने भएको छ ।

भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।

इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए ।

‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, उनले भने, ‘साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।’

भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको उनले बताए ।

‘प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्‍यो भन्ने गुनासो आएको छ”, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर