विमानस्थल सुधारको खाका १५ दिनभित्र पेश गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन – Nepal Press

विमानस्थल सुधारको खाका १५ दिनभित्र पेश गर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तत्कालीन र दीर्घकालीन सुधारको खाका १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन् ।

शनिवार विमानस्थलस्थित अध्यागमन कार्यालयको अनुगमन तथा निरीक्षणका साथै सेवाग्राहीको गुनासो सुन्दै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले विमानस्थलको विभिन्न विषयमा सुधारका लागि खाका तयार गरी १५ दिन भित्र पेश गर्न निर्देशन दिनुभएको हो ।

सेवा प्रवाहको अवस्था, सेवाग्राहीले भोग्ने गरेका दुःख र हैरानी, लगेजको सुरक्षाको प्रश्न, राष्ट्रिय सुरक्षालाई केन्द्रमा राखेर ‘अपराध र अपराधी’ नियन्त्रणमा शून्य सहनशीलता, डिजिटलाईजेसन लगायतको विषयमा सुधारको खाका तयार पार्न उनले निर्देशन दिएका छन् ।

त्यस्तै श्रेष्ठले विमानस्थलमा श्रमिकलाई सम्मानजनक व्यवहार र पर्यटकलाई राम्रो सत्कार गर्ने पक्षमा कोही नचुक्न पनि निर्देशन भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर