एमालेसँग संवादमा रहेका नेकपा एसका नेता न्यौपानेले बोलाए पत्रकार सम्मेलन – Nepal Press

एमालेसँग संवादमा रहेका नेकपा एसका नेता न्यौपानेले बोलाए पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पत्रकार सम्मेलन गर्ने भएका छन् । पार्टीविरुद्ध गतिविधि गरेको भन्दै केन्द्रीय सचिवालयको बैठकले स्पष्टीकरण सोधेपछि नेता न्यौपानेले शनिबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

उनले अनामनगर पूर्वी गेट नजिकै जिफन्ट स्कूल बिल्डिङमा दिउँसो २ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । पार्टी नेतृत्वसँग असन्तुष्ट नेता न्यौपाने पछिल्लो समय एमालेसँग निरन्तर संवादमा छन् ।

उनले भोलिको पत्रकार सम्मेलनमा पार्टीले सोधेको स्पष्टीकरण र आगामी कदमबारे जानकारी दिने जनाइएको छ । नेता न्यौपानेले भोलिको पत्रकार सम्मेलनबाटै एमाले प्रवेश गर्ने घोषणा गर्नसक्ने आकलन गरिएको छ ।

न्यौपानेसहित हालै पार्टी छाडेका उपाध्यक्ष केदार न्यौपाने र चूडामणि जंगली पनि एमालेसँग छलफलमा छन् । अन्य असन्तुष्ट नेता कार्यकर्तासहित उनीहरु एमालेमा फर्किने तयारी भइरहेको बुझिएको छ ।

नेकपा एसका अध्यक्ष माधव नेपालको पछिल्लो गतिविधिप्रति सम्मानित नेता झलनाथ खनालसमेत सन्तुष्ट छैनन् । उनले कम्युनिष्ट पार्टी कमजोर बनाउन माधव नेपालको भूमिका देखिएको भन्दै अब के गर्ने भन्नेबारेमा केन्द्रीय तहका नेताहरूसँग परामर्श थालेका छन् ।

उनले कुनै पनि बेला राष्ट्रियता र वामपन्थी आन्दोलनको पक्षमा कदम चाल्नुपर्ने हुनसक्छ भन्दै आफूनिकट नेता कार्यकर्ताहरूलाई तयार रहन भनेका छन् ।

याे पनि पढ्नुस् : एमालेमा फर्किनका लागि नेकपा एसका नेताहरू आन्तरिक छलफलमा

प्रतिक्रिया

One thought on “एमालेसँग संवादमा रहेका नेकपा एसका नेता न्यौपानेले बोलाए पत्रकार सम्मेलन

  1. एमालेमै फर्किएर भूईंमा बसेर दिएको काम गर । फर्किन त फर्किने अनि फेरि पुरानै फुटाउने गतिविधिमा लाग्ने भए किन प्रवेश गर्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर