शून्य समयमा बोलेको सरकारले नसुनेको भन्दै रास्वपा सांसद ढकालले गरे मौनधारण – Nepal Press

शून्य समयमा बोलेको सरकारले नसुनेको भन्दै रास्वपा सांसद ढकालले गरे मौनधारण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभा बैठकको शून्य समयमा मौनधारण गरेका छन् ।

आफूहरुले शून्य समयमा बोलेको कुरालाई सरकारले नसुनेपछि आफूले मौनधारण गरेको ढकालले बताए ।

सभामुखले शून्य समयमा बोल्दै समय दिएपछि उनले माइक्रोफोन लिएर ‘सभामुख महोदय’ भनी एक मिनेट मौनधारण गरेका थिए ।

‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेकोले मैले यो शून्य समयमा मौनधारण गरें । धन्यवाद’, उनले अन्तिममा भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर