सदनमा सत्तापक्षकै सांसदले खोजे प्रधानमन्त्री र मन्त्री (भिडिओ) – Nepal Press

सदनमा सत्तापक्षकै सांसदले खोजे प्रधानमन्त्री र मन्त्री (भिडिओ)

काठमाडौं । सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेले प्रतिनिधिसभामा सांसदहरुले शुन्य समयमा उठाएको विषयमा सरकारले नसुनेपछि असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘शून्य समयमा उठाइएको विषय सांसदहरूलाई नै थाहा छ कि छैन सरकारले सुनिरहेको छ कि छैन भनेर । सरकारले यो रोष्टमबाट उत्तर दिएपछि न हामीले थाहा पाउने हो । हामीले उठाएको कुरा सरकारलाई थाहा रहेछ भन्ने कुरा । सायद यो हलमा कुनै कठिनाइ भएर होला ।’

उनले यसअघि सभामुखको दायाँबायाँ सांसदहरूले राखेको नोट गर्ने व्यवस्था हुने गरेको स्मरण गराए ।

उनले भने, पहिला सभामुखको दायाँबायाँसम्बन्धी मन्त्रालयका कर्मचारी हुन्थ्यो । अनि, त्यही टिपोटका आधारमा मन्त्रीहरुले जवाफ दिने चलन थियो । त्यो चलन हराएको छ । १९ वटा बैठक हुँदा पनि सरकारको ध्यान हामीले आर्कषण गर्न सकेनौं । अब आइन्दा एकजना मन्त्रीले आफ्नो मन्त्रालयमा उठेको विषयमा जवाफ दिने व्यवस्था मिलाउन रुलिङ गरियोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर