विश्वकप २०२३ को ग्लोबल क्वालिफायरमा डीआएस पद्धति नहुने – Nepal Press

विश्वकप २०२३ को ग्लोबल क्वालिफायरमा डीआएस पद्धति नहुने

काठमाडौं । जिम्बावेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा डीआरएस पद्धति नहुने भएको छ ।आगामी जुन जुलाईमा हुने विश्वकप छनोटमा डीआरएस नभएपनि रन आउट निरीक्षण गर्न थर्ड अम्पायर राख्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले घोषणा गरेको छ ।

सन् २०१९ को विश्वकप छनोटका खेलहरुमा पनि डीआरएस राखिएको थिएन । तर, यसपटक भने थर्ड अम्पार राखेर केही सुधार गरिएको छ । सन् २०१८ मा भएको छनोटमा ३४ खेल मध्ये १० खेलमा मात्रै थर्ड अम्पायर राखिएको थियो ।

जुन जुलाईमा हुने छनोट खेल टेलिभिजनमा प्रत्यक्ष प्रशारण भएपनि थर्ड अम्पायरको उपस्थिति मात्रै रहने छ। भने, कुनै ‘रिभ्यू’ गर्ने उपकरणहरु हुने छैनन् । यो पद्धति २०१८ मा छनोट खेल्ने टिमहरुका लागि आपत्तिको विषय हुन सक्छ ।

वेस्ट इन्डिज र अफगानिस्तान २०१९ को विश्वकपका लागि छनोट भएका थिए । तर, प्राय खेल विवादित बनेका थिए । डीआरएस नहुँदा खेलाडीहरुले पनि सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।

केहीदिन अघि मात्रै विश्वकपको प्लेअफम नामिबियाका कप्तान जेरार्ड एरास्मसले पनि डीआरएस नहुँदा आईसीसी माथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *