बिग्रिएको मित्रता सुधार्ने माध्यम हो खेलकुद : ओली – Nepal Press

बिग्रिएको मित्रता सुधार्ने माध्यम हो खेलकुद : ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुदको माध्यमबाट बिग्रिएको मित्रता सुधार्न सकिने बताएका छन् ।

खेलकुद र खेलाडीमा हुने अनुशासनले जीवनलाई असल बाटोमा डोराउने मात्र होइन विश्वमै यसले बिग्रिएको मित्रता सपारेका धेरै उदाहरण भएको बताए् ।

अन्तर्राष्टिय खेल दिवसको अवसरमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको लुम्बिनी पीस हाप म्याराथन प्रतियोगितामा विजयीलाई पुरस्कार वितरण तथा एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले सबै प्रकारका खेलले जीवनलाई तन्दुरुस्त बनाएर लयमा हिंडाउने बताए ।

अध्यक्ष ओलीले शान्ति र विकाससँग खेललाई जोडेर अगाडि लैजानुपर्ने बताउँदै भने–’विश्वले नै शान्ति र विकासका लागि खेल भन्ने नारा तय गरेको छ, हामीले पनि यसैलाई अंगिकार गरेर अगाडि जानुपर्दछ, खेल क्षेत्रको विकासबाट, खेलाडीको सम्मानबाट मात्रै सबै क्षेत्रको विकास हुनेछ ।

लुम्बिनी सभाहलमा आयोजित सभामा उनले एकेडेमीले खेलकुद दिवसको अवसरमा सुरुवात गरेको म्याराथन प्रतियोगिताले सबैबितर शान्तिको सन्देश दिएको बताए ।

५ वर्षअघि लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा हावाहुरीले मन्च भत्काएपछि आफूले तत्काल यसखालको सभाहल बनाउने घोषणा गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलन्यास गरिएको स्मरण गर्दै ओलीले यसबाट लुम्बिनीमा धेरै कार्यक्रम गर्न सकिने भएकाले उचित संरक्षण गर्न आग्रह गरे ।

करिब २५ मिनेट बोलेका ओली राजनीतिक विषयमा प्रवेश नै नगरी खेल र स्वास्थ्य तथा विश्व शान्तिका लागि लुम्बिनीको महत्वका विषयमा मात्रै बोलेका थिए ।

उनले एकेडेमीले यस वर्षदेखि सुरुवात गरेको म्याथन प्रतियोगिताले सबै खेलप्रेमी र एकेडेमीका सदस्यलाई ऊर्जा थपेकाले आगामी दिनमा निरन्तरता दिन आग्रह गरे । म्याथर प्रतियोगिता तथा एकेडेमीको भेलामा देशका ७७ जिल्लाबाट प्रतिनिधि आएको अध्यक्ष ध्रुव आचार्यले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर