सांसद ढकाल भन्छन्- लुट पनि कतिसम्म ? विमानस्थलमा शवको बाकससमेत फुटाउन थालियो (भिडिओ) – Nepal Press

सांसद ढकाल भन्छन्- लुट पनि कतिसम्म ? विमानस्थलमा शवको बाकससमेत फुटाउन थालियो (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले त्रिभुवन विमानस्थलमा भ्रष्टाचार गर्न विदेशबाट आएको शवको बाकससमेत खोलेर हेर्न थालिएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचारले जरो गाडेपछि समाज कता जान्छ भनेर प्रश्नसमेत गरे ।

उनले भने, ‘विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ, केही सामान छ कि भनेर लुट्न । हामीले ब्याग फुटेको त सुनेका थियौं । तर, समय के बन्दैछ ? कहाँ जाँदैछ ? शवका बाक्सा फुटाइएको छ । गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न । कारण भ्रष्टाचारको संस्थागत यसरी जरोसम्म पुगेको छ कि शव बोकेका बाक्सासमेत फोड्ने !’

उनले गरिब चेपाङ बच्चाको दिवा खाजामा समेत भ्रष्टाचार भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर