नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको बाटो खुला, सर्वोच्चद्वारा रिट खारेज (पूर्णपाठ) – Nepal Press

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको बाटो खुला, सर्वोच्चद्वारा रिट खारेज (पूर्णपाठ)

काठमाडौ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज खोल्न पाउनेविरुद्धको रिट खारेज गरेको छ ।

अधिवक्ता अमृत खरेलको वारेस भई इन्द्रबहादुर बानियाँले नयाँ स्टक एक्स्चेञ्ज र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट खारेज गर्ने फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानको संवैधानिक इजलासले उक्त मुद्दाको फैसला गरेको हो ।

धितोपत्र बोर्डले गत असोज २ गते ब्रोकरको लाइसेन्सका लागि ३० र नयाँ स्टकका लागि ४५ दिनको समय राखेर आवेदन माग गरेको थियो । सर्वोच्चको फैसलासँगै बोर्डलाई नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स दिने बाटो खुला भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *