भिभोको वाई सिरिज बजारमा, यस्ता छन् विशेषता – Nepal Press

भिभोको वाई सिरिज बजारमा, यस्ता छन् विशेषता

कुनको कति पर्छ मूल्य ?

काठमाडौं । भिभो स्मार्टफोन ब्राण्डले नेपालमा वाई श्रृंखला लाइन-अपमा केही उत्कृष्ट स्मार्टफोनहरू सार्वजनिक गरेको छ ।

भिभोले वाई १५ सी, १५ एस, २० एस बजारमा ल्याएको हो ।

यो फोनहरूको विशेषमा निम्नानुसार छन् ।

वाई १५ सी

यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्री जुन १७ घण्टाभन्दा बढी एचडी चलचित्र हेर्न वा ८ घण्टा भन्दा बढी नन-स्टप गेमिङ खेल्न पर्याप्त हुन्छ । रिभर्स् चार्जिङ समर्थन गर्ने यसले पावर बैंक जसरी अन्य उपकरणहरु चार्ज गर्न पनि प्रयोग गर्न सकिन्छ । त्यस्तै, ३ जीबी र्‍याम र ३२ जीबी स्टोरेज, १३एमपी एआई डुअल ब्याक क्यामेरा, र २ एमपी सुपर म्याक्रो क्यामेरा रहेको छ । यसको मुल्य भने १४ हजार ९ सय ९९ रूपैयाँ छ ।

वाई १५ एस

स्मार्टफोनमा ५ हजार एमएएच ब्याट्री र साइड माउन्टेड फिंगरप्रिन्ट टेक्नोलोजी, ३ जीबी र्‍याम र ६४ जीबी रोम, मल्टि-टर्बो ३.० प्रविधि जसले राम्रो नेटवर्क कार्यसम्पादन, द्रुत शीतलता, द्रुत कार्य र एपहरू बीच सिमलेस अनुभव प्रदान गर्दछ । फोनमा १३ एमपी एआई डुअल ब्याक क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा, मिस्टिक ब्लू र वेभ ग्रीन रंगहरूमा उपलब्ध रहेको कम्पनीले बताएको छ । यसको मूल्य १७ हजार ९ सय ९९ रूपैयाँ छ ।

वाई २० एस

५ हजार एमएच ब्याट्री र १८ वाट फ्ल्यास चार्जिङको फ्ल्यासचार्ज टेक्नोलोजीले ६९ मिनेटमा ७० प्रतिशतसम्म चार्ज गर्ने बताइएको छ । क्वालकम स्न्यापड्रेगन ४६० प्रोसेसर, ४ जीबी र्‍याम र १२८ जीवी स्टोरेज जसलाई २५६जीबीसम्म विस्तार गर्न सकिन्छ । ईस्पोर्ट्स मोड र पप-अप विन्डो अप्टिमाइजेसनसँग बढाइएको बताएको छ । यो स्मार्टफोन २३ हजार ९ सय ९९ रूपैयाँमा उपलब्ध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *