लुम्बिनी अस्पतालको मेसुमा डा. सुदर्शन थापा नियुक्त – Nepal Press

लुम्बिनी अस्पतालको मेसुमा डा. सुदर्शन थापा नियुक्त

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेण्डेन्टमा डाक्टर सुदर्शन थापालाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले डा. थापालाई लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

थापा १०औं तहका फिजिसियन डाक्टर हुन् । कोरोना संक्रमणकालको सुरुमा प्रादेशिक अस्पतालमा उनले फोकल पर्सनको रुपमा काम गरेका थिए ।

बैठकले जिल्ला अस्पताल पाल्पामा कार्यरत डा. विष्णु गौतमलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. इन्द्र ढकाललाई जिल्ला अस्पताल पाल्पामा सरुवा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *