स्वर्णिमलाई लक्षित गर्दै गगनले भने- टुरिष्ट उम्मेदवारलाई किन भोट हाल्ने ? – Nepal Press

स्वर्णिमलाई लक्षित गर्दै गगनले भने- टुरिष्ट उम्मेदवारलाई किन भोट हाल्ने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेवादर स्वर्णिम वाग्लेलाई तनहुँवासीले किन मत हाल्ने भनेर प्रश्न गरेका छन् ।

कांग्रेस छाडेर रास्वपाबाट उम्मेवादर बनेका वाग्लेलाई लक्षित गर्दै तनहुँमा आयोजित कार्यक्रममा उनले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले भन्नुपर्छ तनहुँको निर्वाचन क्षेत्र अरू ठाउँजस्तो होइन । यहाँको कांग्रेस भनेको चोकमा राखेको मादलजस्तो होइन, जसले आयो त्यसले बजाउँदै हिँड्ने । यहाँको कांग्रेसको साथीहरुले बताउनुपर्छ ।’

उनले आफूहरु पनि पार्टीमा दु:ख र संघर्ष गरेरै यहाँसम्म आएको बताए ।

उनले भने, ‘पार्टीमा दुख छ, संघर्ष छ। पार्टीभित्र दुख हामीले पनि गरेर आएका हौं । पार्टीभित्र संघर्ष हामीले पनि गरिरहेका छौं । तनहुँको साथीहरुलाई जति अरु कसलाई थाहा होला। हामी पनि लागिरहेका छौं । कति पुराना नेताहरु हुनुहुन्छ कति नयाँ नेता हुनुहुन्छ पार्टीभित्रको संघर्षबाट खारिएर निकाल्छौं हामी ।’

उनले कांग्रेस र देशलाई नै बदल्ने संकल्पको साथ कांग्रेस उम्मेदवार गोविन्द भट्टराई लागेको व्यक्ति भएकाले जिताउनुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेसलाई पनि बदल्छौं। देशलाई पनि बदल्छौं भन्ने हाम्रो संकल्प हो। त्यो संकल्पमा साथ दिने पात्रमध्येको एक हो गोविन्द भट्टराई, यो निर्वाचन क्षेत्रका मतदाताले अस्ति रामचन्द्र पौडेललाई मत हाल्नुभयो यो पटक गोविन्द भट्टराईलाई मत हाल्नुभएन भने रामचन्द्र पौडेल राष्ट्रपति बन्नुभएको खुसी नभएको बुझ्नुपर्छ । नत्र रामचन्द्र पौडेललाई मत हाल्नेले किन गोविन्दलाई नहाल्ने ? कि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएकोमा रिसाउनुभयो ?’

प्रतिक्रिया

One thought on “स्वर्णिमलाई लक्षित गर्दै गगनले भने- टुरिष्ट उम्मेदवारलाई किन भोट हाल्ने ?

  1. अरूलाई टुरिष्ट भन्नेले किन प्रदिप पौडेलललाई भोट मागेको काठमाडौंमा ? लाज मान्ने गर क्या ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर