पूँजी बजारप्रति अर्थमन्त्री महतले लिए चासो, सेवोनलाई सोधे समस्या कसरी समाधान गर्ने ? – Nepal Press

पूँजी बजारप्रति अर्थमन्त्री महतले लिए चासो, सेवोनलाई सोधे समस्या कसरी समाधान गर्ने ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजी बजारमा देखिएको समस्या समाधानका लागि पहल थालेका छन् । सोमबार पूँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डका प्रतिनिधिहरुलाई मन्त्रालय बोलाएर उनले समस्या समाधान गर्नेबारे सुझाव मागेका हुन् ।

नेपाल धितोपत्र बोर्डबाट अध्यक्ष रमेश हमाललगायतको टीमसँग अर्थमन्त्री महतले अहिले पूँजी बजारमा देखिएको समस्या के गरे समाधान होला भन्दै सोधे । सेबोनले अर्थमन्त्री महतलाई समस्या र समाधानका उपायबारे प्रिजेन्टेशन नै दिएको थियो । सबै मिलेर पूँजी बजारका समस्या समाधान गर्नुपर्ने सेवोनले सुझाएको छ ।

सोमबार नै अर्थमन्त्री महतले पूँजी बजारका लगानीकर्ताको संगठनसँग पनि छलफल गरेका छन् । लगानीकर्ताले मन्त्री महतलाई ८१ बुँदे सुझाव दिएका छन् ।

पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । यसअघिका अर्थमन्त्रीमा विष्णु पौडेललाई पत्याएको शेयर बजार उनको बर्हिगमनसँगै ओरालो लाग्दै आएको छ । नयाँ अर्थमन्त्रीले बजारलाई विश्वासमा लिन सम्बन्धित निकायसँग छलफल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *