६ सयले घट्यो सुनको मूल्य
नेपाल प्रेस
२०७९ चैत २० गते ११:२२
काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन आइतबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर