चितवन २ मा रवि लामिछानेले गरे मनोनयन दर्ता – Nepal Press

चितवन २ मा रवि लामिछानेले गरे मनोनयन दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा हुने उपचुनावका लागि आफ्नो मनोनयन दर्ता गरेका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दायर गरेका हुन् ।

रवि गत मंसिर ४ मा भएको संसदीय निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए । तर, अदालतको फैसलाबाट उनको पद रिक्त भएपछि फेरि उपनिर्वाचन भएको हो । पार्टीले उनलाई दोहोर्‍याएर उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

मंसिरमा भएको निर्वाचनमा लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए । एमालेका कृष्णभक्त श्रेष्ठले १४ हजार ६४९ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर