युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ट्रम्प पुत्रको टिप्पणी : विश्वको सबैभन्दा महँगो अभिनेता – Nepal Press

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई ट्रम्प पुत्रको टिप्पणी : विश्वको सबैभन्दा महँगो अभिनेता

काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति तथा अहिलेका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पका पुत्र ट्रम्प जुनियरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई विश्वको सबैभन्दा महँगो अभिनेता भनेका छन् ।

अमेरिकाले युक्रेनको नाममा दिएको अठार अर्ब हाराहारीको आर्थिक सहयोग पाएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा ट्रम्प पुत्रको टिप्पणी आएको हो ।

डेली लाउड नामक हिपहप पोर्टलले सन २०२२ मा १० करोड अमेरिकी डलर कमाएको भन्दै सबैभन्दा महँगा अभिनेता भनेर सेयर गरेको पोस्टमा कमेन्ट गर्दै ट्रम्प पुत्रले लेखेका छन्, ‘वास्तममा सबैभन्दा महँगा अभिनेता जेलेन्स्की हुन ।’

आफूले गरेको कमेन्ट ट्रम्प पुत्रले स्कृन सट गरेर सार्वजनिक समेत गरेका छन् । अमेरिकी मिडियामा यो कमेन्टको चर्चा खासै भएको छैन । तर, रुसी सरकारी मिडियामा भने प्राथमिकताका साथ समाचार आएका छन् ।

रुसी मिडिया आरटीले भने ट्रम्प पुत्रले भन्दा धेरै सहयोग अमेरिकाले दिएको उल्लेख गरेको छ । एक अर्ब १३ अर्ब डलर सहयोग गरेको आरटीले जर्मन थिंक ट्यांकको तथ्यांक सार्वजनिक गर्दै उल्लेख गरेको छ ।

जेलेन्स्की सन २०१९ मा राष्ट्रपति हुनु अगाडि अभिनेता नै थिए। उनी टेलिभिजन कमेडी शोहरु गरेर लोकप्रिय थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *