युवाको आवाज राष्ट्रिय राजनीतिमा ‘तरंगित’ बनाउँछौंः महासचिव थेवे – Nepal Press

युवाको आवाज राष्ट्रिय राजनीतिमा ‘तरंगित’ बनाउँछौंः महासचिव थेवे

भक्तपुर । राष्ट्रिय युवा संघका महासचिव क्षितिज थेवेले आम नेपाली युवाहरुको आवाज राष्ट्रिय राजनीतिमा तरंगित बनाउने उद्घोष गरेका छन् ।

राष्ट्रिय युवा संघ भक्तपुर जिल्ला कमिटीको १०औं जिल्ला अधिवेशनको खुलासत्रलाई सम्बोधन गर्दै महासचिव थेवेले युवाको माग, चाहना र आवश्यकतालाई संघले सम्बोधन गरी मुलुक निर्माणको मेरुदण्डको रुपमा युवालाई स्थापित गराउने अबको अभियान हुने बताए ।

महासचिव थेवेले आगामी महाधिवेशनपछिको नेतृत्वले युवा आन्दोलनको दशकको रुपमा मनाउनेसमेत उल्लेख गरे ।

संघले संगठन निर्माणको अभियान चलाइरहेको उल्लेख गर्दै उनले हालसम्म संघले एक महिनामा ५२ वटा जिल्लाको अधिवेशन सम्पन्न गरिसकेको जानकारी दिए ।

युवालाई नेपाली राजनीतिमा संलग्न गराउने अब्बल संगठनको रुपमा राष्ट्रिय युवा संघ भएको उनको भनाइ छ ।

नेतृत्व छनोट गर्दा नीतिपरक हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘राष्ट्रिय युवा संघले जे चाहन्छ, त्यो गर्छ । विगतमा युवा परिषद्, युवा मन्त्रालय, जिल्ला-जिल्लामा पासपोर्ट वितरण, लाइसेन्स वितरण, माओवादीको ज्यादतीविरुद्ध जनताको पक्षमा आन्दोलन, महँगी, भ्रष्टाचार, अनियमिततालगायतमा सडक बाघको रुपमा नेतृत्व गरेको छ । समाजको रक्षक राजनीतिक दल हुनुपर्छ । त्यसको नेतृत्व संघले गर्नेछ । युवाको आवाज राष्ट्रिय राजनीतिमा तरंगित बनाउनुपर्छ ।’

प्रतिक्रिया

One thought on “युवाको आवाज राष्ट्रिय राजनीतिमा ‘तरंगित’ बनाउँछौंः महासचिव थेवे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर