एमालेले शनिवार उम्मेदवार टुंगो लगाउने, गठबन्धनविरुद्ध उपचुनावमा एक्लै भिड्ने – Nepal Press

एमालेले शनिवार उम्मेदवार टुंगो लगाउने, गठबन्धनविरुद्ध उपचुनावमा एक्लै भिड्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले वैशाख १० मा हुने उपचुनावका लागि शनिवार उम्मेदवारको टुंगो लगाउने भएको छ ।

बारा २,चितवन २ र तनहुँ १ तीनवटै क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार खडा गर्ने र गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने तयारी छ ।

चैत १७ गते शुक्रवारसम्म जिल्लाबाट उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस हुने र १८ गते सचिवालय बैठक बसेर तीनवटै क्षेत्रका उम्मेदवार तय गरिने उपमहासचिव विष्णु रिमालले नेपाल प्रेसलाई जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू यसबीचमा मिसन ग्रासरुट अभियानमा काठमाडौं बाहिर थिए । उपनिर्वाचनको लागि उम्मेदवारी दर्ता चैत २० गते हुँदैछ । एमालेविरुद्ध गठबन्धनले साझा उम्मेदवार तय गरेको छ ।

बारा २ मा जसपाका उपेन्द्र यादव र चितवन २ मा कांग्रेसका जितनारायण श्रेष्ठलाई गठबन्धनले साझा उम्मेदवार बनाएको छ ।

त्यस्तै तनहुँ १ मा कांग्रेसका गोविन्द भट्टराईलाई गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर