चितवन २ मा कांग्रेसको टिकट पाएका जितनारायण भन्छन्- रवि लामिछानेको हावा खुस्की सक्यो – Nepal Press

चितवन २ मा कांग्रेसको टिकट पाएका जितनारायण भन्छन्- रवि लामिछानेको हावा खुस्की सक्यो

काठमाडौं । वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रतिस्पर्धीका रूपमा कांग्रेसले जितनारायण श्रेष्ठ बन्ने भएको छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

श्रेष्ठले पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मंसिरमा आएको हावाहुरीले अहिले काम नगर्ने बताए।

उनले रवि लामिछानेलाई लक्षित गर्दै भने, ‘मंसिरमा भएको निर्वाचन चितवनमा हावाहुरी आएको थियो। जे हावाहुरी आएको थियो त्यो मान्छे अहिले जनताको बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने परिस्थिति बनेको छ। अहिले कहिले कसलाई समर्थन गरेको छ। कहिले कसलाई भोट हालेको छ। भोट हालेको कारण पनि खुलाउनु पर्दैन। किन सरकारलाई समर्थन गरेको र विश्वासको मत दिएको जनतालाई भन्नु पनि नपर्ने। पार्टीबाट निर्णय गर्नु पनि नपर्ने। चितवनको नागरिक सचेत छन्।’

उनले मंसिरदेखि अहिलेसम्मको जनताले गतिविधि नियालिसकेकाले त्यो गल्ती चितवनवासीले नगर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अहिले हामी मंसिरको परिणाम उल्टाउँछौँ।’

यो पनि पढ्नुहाेस्- चितवन २ को उपचुनावमा सत्ता गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ साझा उम्मेदवार

उनले सत्ता गठबन्धनको साझा उम्मेदवार पनि आफै बन्ने जिकिर गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर