मन्त्रिपरिषद् विस्तार दुई चरणमा, केही मन्त्रीलाई आजै शपथको तयारी – Nepal Press

मन्त्रिपरिषद् विस्तार दुई चरणमा, केही मन्त्रीलाई आजै शपथको तयारी

काठमाडौं । दशदलीय गठबन्धनमा दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल अघि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार गर्नेगर्ने लगभग सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, ‘दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सकेसम्म आजै केही मन्त्रीहरूको शपथ हुने सम्भावना छ । ढिलोमा भोलिसम्म जानसक्ला ।’

गठबन्धनका शीर्ष नेताहरू बेलुका ३ बजे बैठक बस्नेगरी उठेका छन् । अहिले प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधव नेपालसँग छलफल गरिररहेका छन् ।

प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्ने प्रयास गरिरहेका छन् । त्यसैले आज सानो मन्त्रिमण्डल बनाएर थप गृहकार्य गरेर केही दिनमै सरकारलाई पूर्णता दिने सहमति बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर