गठबन्धनको भागबण्डा टुंग्याएर आजै नयाँ मन्त्रीहरूको शपथग्रहण गराउने तयारी – Nepal Press

गठबन्धनको भागबण्डा टुंग्याएर आजै नयाँ मन्त्रीहरूको शपथग्रहण गराउने तयारी

तीन बजे बस्ने गरी बैठक स्थगित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।

मन्त्रालयको भागबण्डा मिलाउन अहिले बालुवाटारमा दश दलीय गठबन्धनको बैठक जारी छ।

आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाएर आजै मन्त्रीहरूको शपथग्रहण गराउने गरी छलफल भइरहेको बालुवाटार बैठकमा सहभागी एक नेताले बताए।

ती नेताले भने, ‘बैठक जारी छ, हिजो टुंगो लगाउने भनिएता कुरा मिल्न सकेको थिएन। सकेसम्म मिलाएर आजै मन्त्रीहरूको शपथ ग्रहण गराउने गरी छलफल भइरहेको छ।’

अहिले बैठक केही बेर स्थगित भएको छ । आजै दिउँसो तीन बजे फेरि बस्ने गरी बैठक रोकिएको हो ।

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भएपनि दलहरुले धेरै मन्त्रालय मागेपछि सहमति बन्न सकेको थिए। कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि हिजोको बैठक निष्कर्षविहिन बनेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर