आरआर, पाटन र नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन नरोक्न उच्च अदालतको आदेश – Nepal Press

आरआर, पाटन र नेपाल कमर्स क्याम्पसमा स्ववियु निर्वाचन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरू रत्नराज्य, पाटन संयुक्त र नेपाल कमर्स क्याम्पस मीनभवनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नरोक्न र तत्काल गर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश जगदीश घिमिरेको एकल इजलासमा तीनवटै रिटमाथिको सुनुवाइपछि कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी भएको हो । ती तीनवटै क्याम्पसमा सत्तागठबन्धनका विद्यार्थीहरुले तालाबन्दी गरेका कारण निर्वाचन स्थगन भएको छ ।

नेपाल कमर्स क्याम्पसको हकमा निर्वाचन अधिकृत नै फरार भएपछि मतदानमा लाइन बसेका विद्यार्थीहरु समेत फर्किएका थिए भने मतपत्र च्यात्ने नेविसंघका तीन विद्यार्थी पक्राउ परेका थिए ।

मंगलवार उच्च अदालतमा तीन वटै क्याम्पसमा निर्वाचन माग गर्दै परेको रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिएको हो । रत्नराज्य क्याम्पसका एम ए प्रथम सेमेस्टरका विद्यार्थी मदन भण्डारीले रिट दायर गरेका थिए ।

त्यस्तै पाटन संयुक्त क्याम्पसका एमबीएस तेस्रो सेमेस्टरका सुरेश जिसी र नेपाल कमर्स क्याम्पसका दिवस सापकोटाले रिट दायर गरेका थिए । तीमध्ये भण्डारी र जिसी अनेरास्ववियुबाट आर आर तथा पाटनका अध्यक्ष पदका उम्मेदवार हुन् भने सापकोटा नेपाल कमर्स क्याम्पसका सचिव पदका उम्मेदवार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर