मिटरव्याज पीडितको समस्यामा प्रधानमन्त्रीले के के गरे ? सचिवालयले बनायो आकर्षक प्रचार सामग्री – Nepal Press

मिटरव्याज पीडितको समस्यामा प्रधानमन्त्रीले के के गरे ? सचिवालयले बनायो आकर्षक प्रचार सामग्री

मन्त्रिपरिषद बैठक आह्वानदेखि गृहसचिवलाई निर्देशनसम्म

काठमाडौं । मिटरव्याज पीडितहरुको समस्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गम्भीर पहल गरिरहेको दाबी गर्दै उनको सचिवालयले प्रचार सामग्री बनाएको छ । फेसबुकमार्फत प्रधानमन्त्रीपुत्री तथा स्वकीय सचिव गंगा दाहालले उक्त प्रचार सामग्री सार्वजनिक गरेकी छन् ।

प्रचार सामग्रीमा मिटरब्याज पीडितको समस्या सम्बोधन गर्न उनले ८ वटा काम गरेको उल्लेख छ । त्यसमध्ये ६ वटा विभिन्न किसिमका ‘छलफल’ छन् ।

पहिलो बुँदामा प्रधानमन्त्री सचिवालयद्वारा यो समस्याबारे अनौपचारिक छलफल गरिएको उल्लेख छ । दोस्रोमा प्रधानमन्त्रीले पीडितहरुसँग छलफल गर्न गृहसचिवलाई निर्देशन दिएका छन् ।

यसैगरी प्रधानमन्त्रीको निर्देशनमा वार्ता समिति गठन गरिएको, मन्त्रिपरिषदको बैठक आह्वान गरिएको, सदनमा विधेयक लैजाने तयारी गरिएकोलाई पनि सरकारको संवेदनशीलताका रुपमा उल्लेख गरिएको छ ।

यस्तै बाँकी बुँदाहरुमा गृहसचिवले पीडितहरुसँग छलफल गरेको, पीडितहरुलाई प्रधानमन्त्रीसँग छलफल गर्ने माग गरिएको, समस्या समाधान गर्न कानूनी बाटोबारे छलफल गरिएको तथा प्रधानमन्त्रीले पीडितहरुसँग भेटेर छलफल गर्ने बताइएको छ ।

नेपाल सरकारको लोगोसहितको प्रचार सामग्रीमा प्रधानमन्त्री प्रचण्ड आफैंले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर