कमल थापाको टिप्पणी- हत्यालाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु हुन्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सशस्त्र युद्धताका सयौं निर्दोषको हत्या भएको भन्दै उनीहरूका परिवारले न्याय पाउनुपर्ने बताएका छन् ।
सोमबार बिहान ट्वीटरमार्फत उनले हत्या जघन्य अपराध भन्दै अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको जिकिर गरेका छन् ।
थापाले लेखेका छन्, ‘माओवादी द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरूको हत्या भएको छ । उनीहरूका परिवारले न्याय पाउनुपर्छ । ‘हत्या’ लाई वर्गीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता होइन । हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन् । संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’
माओवादी द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएकोछ।उनीहरुका परिवारले न्याय पाउनुपर्छ।’हत्या’लाई वर्गिकरण गरेर अपराधीलाई उन्मुक्तिदिनु संक्रमणकालिन न्यायको मान्यता होईन।हत्या जघन्य अपराध हो।अहिले विद्रोही र सरकार दुवै एउटै भएकाछन्।संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु
— Kamal Thapa (@KTnepal) March 27, 2023