ग्लोबल आईएमई बैंक गोकुलेश्वर शाखाको वित्तीय साक्षरता कार्यक्रम – Nepal Press

ग्लोबल आईएमई बैंक गोकुलेश्वर शाखाको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आईएमई बैंक गोकुलेश्वर शाखाले वित्तीय साक्षरता सचेतना अभियान थालनी गरेको छ ।

आइतबार बैंकको शाखाले गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजमा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वित्तीय लक्ष्य निर्माण, बचत तथा ऋण सम्बन्धी जानकारी दिइएको छ ।

यस्तै डिजिटल कारोबार प्रवर्द्धन मोबाइल बैंकिङ, भाइबर बैंकिङ, ग्लोबल अनलाइन खाता कसरी खोल्ने लगायतका विषयमा जानकारी गराइएको शाखा प्रबन्धक वासुदेव भट्टले बताए ।

कार्यक्रममा कलेज विद्यार्थी, कर्मचारी र शिक्षक गरी ६० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *