माधव नेपाललाई प्रश्न- दुई मन्त्रालय लिएर सरकारमा जान तयार हुनुभएको हो ? (भिडिओ) – Nepal Press

माधव नेपाललाई प्रश्न- दुई मन्त्रालय लिएर सरकारमा जान तयार हुनुभएको हो ? (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले छिटै सरकारले पूर्णता पाउने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्रीले सबै दलका नेताहरुसँग छलफल गरिरहेको कारणले ढिलाई भएको बताए ।

उनले अर्थ, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयमा बुझेको मान्छेलाई मात्रै ल्याउने सुझाव दिएको बताए ।

तपाईंहरु २ मन्त्रालय मात्रै लिएर सरकारमा जान तयार हुनुभएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले व्यंग्यात्मक रुपमा जवाफ दिँदै भने, ‘एउटा भन्नुभयो कि कति रे सुनिन मैले ? दुईवटा भन्नुभएछ एक होइन । अझै कति घटाउन सकिन्छ घटाउनुस् ।

प्रतिक्रिया

One thought on “माधव नेपाललाई प्रश्न- दुई मन्त्रालय लिएर सरकारमा जान तयार हुनुभएको हो ? (भिडिओ)

  1. जति मिल्यो त्यति नै लिन्छन् माकु नेपाल। देश र जनता प्रति जिम्मेवारी बोध गर्दैनन् यी भोका नाङ्गाहरु। अस्थिरताका कारक बनिरहेको छ एस पार्टी । अब यो च्याखे थापेर खाने भुरे दल बनेको छ। सचेत काङ्ग्रेस साथिहरु समयमै सचेत बनौं र यस्ता मौका परस्तहरुसित सचेत बनौं । हाम्रो पार्टीलाई दिनदिनै नोक्सानी व्यहोर्नु परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर