राष्ट्रिय युवा संघ नेपाल प्युठान जिल्ला अध्यक्षमा थापा चयन – Nepal Press

राष्ट्रिय युवा संघ नेपाल प्युठान जिल्ला अध्यक्षमा थापा चयन

प्युठान । नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपालको प्युठान जिल्ला अध्यक्षमा बिसेक थापा सर्वसम्मत चयन भएका छन्।

शनिवार भएको संघको १० औँ जिल्ला अधिवेशनले जिल्ला अध्यक्षमा थापालाई सर्वसम्मत चयन गरेको हो ।

महेश पाण्डे उपाध्यक्ष, किरण पन्थी सचिव, तिलक खड्का उप(सचिव र कमल जिसी कोषाध्यक्ष चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि युवा संघका अध्यक्ष किरण पौडेलले पार्टी निर्माणका लागि युवाहरूको रचनात्मक भूमिका हुनुपर्नेमा जोड दिए ।

उनले समाजमा रहेका बेथितिविरुद्ध उभिन सबै युवालाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर