उद्योग वाणिज्य महासंघको चुनाव : वरिष्ठ उपाध्यक्षको रेसमा रहेका कसलाई कुन पार्टीको साथ ? – Nepal Press

उद्योग वाणिज्य महासंघको चुनाव : वरिष्ठ उपाध्यक्षको रेसमा रहेका कसलाई कुन पार्टीको साथ ?

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन उद्योग वाणिज्य महासंघको चुनाव नजिकिँदै छ । चैत २८ र २९ गते हुने महासंघको साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू भोट माग्न व्यस्त छन् ।

५ जनाले वरिष्ठ उपाध्यक्षमा चुनाव उठ्ने घोषणा गरेकोमा अहिले ३ जना उद्योगी सक्रिय भएर लागेका छन् । महासंघका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, बहालवाला उपाध्यहरू रामचन्द्र संघाई र अन्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्षको रेसमा छन् ।

महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावाधानले पनि वरिष्ठ उपाध्यको चुनावलाई चासोका साथ हेर्ने गरिन्छ । साधारणसभाबाट अध्यक्षबाहेकका सबै पदाधिकारी र सदस्यहरू निर्वाचित हुने छन् ।

यसभन्दा अघिको चुनावमा वरिष्ठ उपाध्यका २ जनामात्रै उम्मेदवार थिए ।

कुन उम्मेदवारलाई कुन पार्टीको साथ ?

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठलाई नेकपा एमालेको समर्थन छ । उमेशलाल पुष्पलाल-सहाना प्रधानका छोरासमेत हुन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरू अञ्जन श्रेष्ठ र रामचन्द्र संघाईलाई नेपाली कांग्रेसको समर्थन छ । अन्जनलाई कांग्रेस महामन्त्री गगन थापाको समर्थन रहेको छ । भने, रामचन्द्र संघाईलाई देउवापत्नी आरजु राणाले साथ दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *