दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी – Nepal Press

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी

कैलाली ।कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघका भुवन महरा प्यानलसहित विजयी भएका छन्।

स्ववियु स्वतन्त्र विद्यार्थी युनियन सभापतिमा नेपाल विद्यार्थी सघं नेविसंघका भुवन महरा प्यानल सहित विजयी भएका हुन्। महराले ३७४ मत पाएका छन्।

सचिवमा महरा प्यानलबाटै ३९९ मत सहित बम बहादुर महरा विजयी भएका छन् भने कोषाध्यक्षमा ज्योति साहु ४०८ मत सहित विजयी भएका छन् ।

त्यस्तै सदस्यहरूमा भागरथी विष्ट, लाल बहादुर खत्री, सुनिल बोहरा, जित बहादुर महरा, दीपकराज अवस्थी, उषा कुमारी साउँद, अमृता विक र दिनेश खड्का विजयी भएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर