नेप्सेमा आज सानिमा र रिलायन्स इन्स्योरेन्सको कारोबार बन्द हुने – Nepal Press

नेप्सेमा आज सानिमा र रिलायन्स इन्स्योरेन्सको कारोबार बन्द हुने

काठमाडौं । सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको आजको सेयर कारोबार रोक्का हुने भएको छ । दुवै कम्पनीले चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भए पछि नेप्सेले आजको सेयर कारोबार रोक्का गरेको हो ।

यसअघि भएको निर्णय अनुसार दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न गरी आजबाट सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दैछन ।

धितो पत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को निर्देशन अनुसार सेयर मिलान, धितो पत्र पुनः दर्ता, धितो पत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको लागि सेयर कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

दुवै कम्पनीको फागुन १२ गते सम्पन्न भएको साधारण सभाले मर्जरको प्रस्ताव पारित गरे अनुसार आजबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *