नेविसंघ अध्यक्ष गुन्डागर्दीमा उत्रिएको त्रिवि समितिको आरोप, पार्टीले नसुने जे पनि हुनसक्ने चेतावनी – Nepal Press

नेविसंघ अध्यक्ष गुन्डागर्दीमा उत्रिएको त्रिवि समितिको आरोप, पार्टीले नसुने जे पनि हुनसक्ने चेतावनी

काठमाडौं । नेपाल विधार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले भाडाका गुण्डा परिचालन गरेर नेता कार्यकर्तालाई तर्साउने, ज्यान मार्ने, अपहरणको धम्की दिएको आरोप लगाएको छ ।


समितिका अध्यक्ष विष्णु बहादुर बडैलाले एक विज्ञप्ति जारी गर्दै शेर्पाले गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समयमै आफ्नो छाडापन नियन्त्रण नगरे शेर्पाले कारवाही भोग्नुपर्ने चेतावनी दिएका छन् ।


‘दुजांग शेर्पाको यस कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र हामी खुलेरै यस कार्यको निन्दा गर्दछौ । समयमै आफ्नो छाडापन नियन्त्रण नगरे दुजांग शेर्पाले हाम्रो कारवाही भोग्नुपर्ने चेतावनी समेत गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, समितिले विधानबमोजिम छिट्टै योग्य केन्द्रीय समिति गठन गर्न पनि माग गरेको छ । विश्वविद्यालय समिति अध्यक्ष शेर्पा आज कीर्तिपुर परिसरमा पुत्ला दहनसमेत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर