लाओसविरुद्ध नेपालको अग्रता, अनन्तले गरे गोल (भिडिओ) – Nepal Press

लाओसविरुद्ध नेपालको अग्रता, अनन्तले गरे गोल (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तरगतको पहिलो खेलमा नेपालले लाओसविरुद्ध अग्रता लिएको छ । खेलको ३० औं मिनेटमा अनन्त तामाङले हेड गोल गरेका हुन् ।

नविन लामाले प्रहार गरेको कर्नरमा तामाङले आकर्षक हेड गर्दै बललाई पोस्टको दिशा देखाएका थिए । तामाङको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।

खेलको सुरुदेखि नेपालले पकड बनाइरहेको छ । लाओसले पनि केही गोलका अवसरहरु सिर्जना गरे पनि सफल भएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर