लाओसविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक, शनिसको डेब्यू – Nepal Press

लाओसविरुद्ध नेपालको सुरुआती ११ सार्वजनिक, शनिसको डेब्यू

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा लाओसविरुद्ध नेपालको सुरुआती ११ सर्वजानिक भएको छ ।

साँझ ६ बजे सुरू हुने खेलमा नेपालका लागि शनिस श्रेष्ठले डेब्यू गरेका छन् ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनसले शनिशलाई सुरुआती ११ मा स्थान दिएका हुन् ।

एपीएफ क्लबबाट सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेक शनिस राइट ब्याक पोजिसनमा खेल्ने गर्छन् ।

नेपालको सुरूआती ११ :

किरणकुमार लिम्बू (कप्तान), विकाश खवास, अनन्त तामाङ, नविन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयूष घलान, शनिश श्रेष्ठ, रोहितचन्द ठकुरी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर