गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा – Nepal Press

गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले यही साता सरकारलाई पूर्णता दिने तयारी गरिरहेका छन् । एमाले, रास्वपा र राप्रपाले सरकार छाडेपछि अहिले १६ मन्त्रालय प्रधानमन्त्री प्रचण्डको काँधमा छ ।

आफूलाई विश्वासको मत दिने सबै दललाई समेटेर प्रचण्डले चाँडै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । प्रचण्डलाई ११ दल विश्वासको मत दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर