जनता क्याम्पस इटहरीको सभापतिमा नेविसंघका सहदेव काफ्ले विजयी – Nepal Press

जनता क्याम्पस इटहरीको सभापतिमा नेविसंघका सहदेव काफ्ले विजयी

विराटनगर । सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका सहदेब काफ्ले सभापतिमा विजयी भएका छन् ।

उनले १२९८ मत पाउँदा एमाले निकट अनेरास्ववियु का उज्ज्वल सिक्देलले ६८२ मत पाए।

स्वतन्त्र उम्मेदवार दानवीर थापाले २८५ मत पाए । यस्तै सचिवमा जनता समाजवादी निकट विद्यार्थी सङठनका अर्जुन राई विजयी भए । उनले ९७५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका अर्जुन पौडेलले ८७१ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा भने अनेरास्ववियु का आदित्य खड्का विजयी भए । उनले ११२० मत पाउँदा विपिन भट्टराईले ९८१ मत पाए ।

सदस्यहरू

१. सुशान्त पुरी १०४६

२ सुगम भुजेल ११४४

३ एलिना चौधरी ११०८

४ मार्सल बस्नेत ११५४

५ केवल लुइँटेल ११६६

६ सुदिप खतिवडा ११३३

७ लक्ष्मण लिम्बू १०८६

८ नवीन तामाङ ९७९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर