प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने, ओली भन्छन्- स्वार्थीहरूले भोट देलान् – Nepal Press

प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत नदिने, ओली भन्छन्- स्वार्थीहरूले भोट देलान्

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ। प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, ‘प्रधानमन्त्रीजीमाथि विश्वास छ भने गठबन्धनका स्वार्थीहरूले भोट देलान्। हामीलाई कुनै स्वार्थ छैन। झुक्नु छैन। लतारिनु पनि छैन। उहाँमाथि विश्वास छ भन्ने कुरामा हामी लतारिनुपर्दैन। हामीलाई उहाँमाथि विश्वास छैन। तसर्थ हामी उहाँलाई विश्वासको मत दिँदैनौँ।’

एमाले नेतृत्वको सात दलीय गठबन्धनबाट प्रधानमन्त्री प्रचण्डले कित्ता परिवर्तन गरेपछि नियुक्ति भएको तीन महिनामै दोस्रो पटक विश्वासको मत लिन लागको छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर