रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारकाे निर्णय – Nepal Press

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारकाे निर्णय

काठमाडौं। सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ।

सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो। सोमबारको मन्त्रिपरिषद बैठकपछि रासायनिक मलको अनुदान र मूल्यसमेत यथावत रहने भएको छ।

प्रतिक्रिया

2 thoughts on “रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारकाे निर्णय

  1. एमालेले यसरी नै दवाव दिएर यो विदेशीले बनाईको सरकारलाई हरेक कदममा घुँडा टेकाओस् ।

  2. एमालेको तिव्र विरोका कारण अनुदान कटौति गर्ने निर्णय त यसले फिर्ता लियो तर अब यसले मल नै ल्याउदैन । त्यसमा एमालेले खबरदारी गरोस् । मल ल्याएमा नेपालमा कृषि उत्पादन बढछ । यसो गर्दा भारतीय उत्पादन बिक्दैन । त्यसैले अब यसले मल नै नल्याएर भारतको दलाली गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर