आइतबार नयाँ रेकर्ड राखेको सुनको मूल्य ७ सय रुपैयाँले घट्यो – Nepal Press

आइतबार नयाँ रेकर्ड राखेको सुनको मूल्य ७ सय रुपैयाँले घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ ।

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड राखेको थियो । प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन भने प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *